free website hit counter

गुराँस लाइफद्वारा हालसम्मकै उच्च लाभांश घोषणा

beemaadmin
२०७९ चैत्र १२, आईतवार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीकोले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७-७८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको लाभांश वितरण गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । इन्स्योरेन्स कम्पनीले यसअघि आर्थिक वर्ष २०७१-७२ मा १०.५२ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सम्बन्धित समाचार