free website hit counter

गुराँस लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

beemaadmin
२०७९ भाद्र २, बिहीबार

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.१३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर २५ करोड ९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो १४ करोड १ लाख रुपैयाँमा सीमित थियो। यो अवधिमा कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १४५.७२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६६ करोड २८ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च घटेर ३२ करोड ४ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ४५ करोड ४८ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार १७।५२ प्रतिशतले बढाएर १२ अर्ब ४५ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा १० अर्ब ५९ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म ५३ करोड ८४ लाख रुपैयाँ रहेको रिजर्भको आकार ९.०९ प्रतिशतले बढेर ५८ करोड ७४ लाख रुपैयाँको उचाइमा पुगेको छ।
चौथो त्रैमासमा कम्पनीले १७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १२ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा ४४।२७ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या १ लाख ६३ हजार ५११ पुगेको छ। अघिल्लो वर्ष यो संख्या १ लाख ५४ हजार ९१७ रहेको थियो।
समीक्षा अवधिसम्म चुक्तापुँजी २ अर्ब ८ करोड रुपैयाँ कम्पनीको प्रतिसेयर आम्दानी ८.४० रुपैयाँ, पीई रेसियो ५७.७३ गुणा र प्रतिसेयर नेटवर्थ १३१.७८ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार