free website hit counter

गुरुको टाउको छिनाउने आतंककारीलाई किन दिइयो यति ठूलो सम्मान ?

beemaadmin
२०७७ मंसिर २८, आईतवार

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको टाउको छिनाउने आतंकवादी युवकलाई पूरै सम्मानका साथ गाडिएको छ । अब्दुल्ला नामका यी युवकको जन्म रुसको मस्कोमा भएको थियो र उनी चेचन्याका शरणार्थी थिए । अब्दुल्लाहले १६ अक्टोबरका दिन फ्रान्सका शिक्षक सामुएल पेटीको हत्या गरेका थिए । हत्याको केही मिनेटमै अब्दुल्ला फ्रेन्च पुलिसको जवाफी कारवाहीमा मारिएका थिए । १८ वर्षका अब्दुल्लाको शवलाई फ्रान्स सरकारले केही दिनअघि मात्र उनको रुसस्थित गाउँ शलाजी पठाएको थियो ।

डेलीमेलको रिपोर्टअनुसार अब्दुल्लाको गाउँमा अहिले मौसम अत्यन्तै चिसो छ तर चिसो हुँदाहुँदै पनि उनको अन्तिम संस्कारमा करिब २ सय जना सहभागी भएका थिए । उनको अन्तिम संस्कार हिरोजस्तै सम्मानका साथ गरिएको रिपोर्टमा जनाइएको छ । अन्तिम संस्कारको क्रममा कैयौंले अब्दुल्लालाई इस्लामको सिंह भएको पनि बताएको रिपोर्टमा जनाइएको छ ।

रिपोर्टका अनुसार अनाधिकारिक रुपले एक सडकको नामसमेत अब्दुल्लाको नामबाट नामाकरण गरिएको छ । कक्षामा अध्यापनको क्रममा विद्यार्थीहरुसँग पैगम्बर मोहम्मदको कार्टुन देखाएर यसबारे चर्चा गरेपछि इतिहास शिक्षक सामुएलको घाँटी छिनाएर हत्या गरिएको थियो । सामुएलले चार्ली हेब्दोमा प्रकाशित कार्टुनको सहारा लिएर अभिव्यक्ति स्वतन्त्रताको महत्वबारे पढाएका थिए । ४७ वर्षका सामुएललाई आफूले पढाउने कलेजबाहिर मारिएको थियो । अब्दुल्लाले आफूले शिक्षक सामुएलको हत्या गरेको भिडियो क्लिप पनि बनाएका थिए ।

सम्बन्धित समाचार