काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएपछि बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
गुरुङले दिएको राजीनामा बैशाख ५ गते बसेको संचालक समितिको बैठकले बैशाख १८ गतेबाट लागु हुनेगरी स्वीकृत गरेको बैंकले जनाएको छ ।
सिभिल बैंकमा २०६९ असोज २१मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले २०७४ बैशाख १२ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार सम्हालेका थिए ।