free website hit counter

गुरुङ परिवारलाई दियो एसियन लाइफ इन्स्योरेन्सले २८ लाख बीमा दाबी भुक्तानी

beemaadmin
२०७८ फाल्गुन २२, आईतवार

काठमाण्डौं । हृदयघातबाट अल्पायुमै जीवन गुमाएका बीमितका परिवारलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले गोरखाको धार्चे ०४,लाप्राक निवासी सुन बहादुर गुरुङको आश्रित परिवारलाई २८ लाख २४ हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरिएको छ ।
२०७८ माघ १४ गते हृदयघातको कारण मृत्यु भएको थियो । २०७८ फागुन २२ गते दाबी भुक्तानीवापतको चेक बीमितको श्रीमति तेरता कुमारी गुरुङलाई रिजनल हेड बद्रिनाथ पौडेल र वडा अध्यक्ष राज गुरुङले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर राजकुमार श्रेष्ठ, सचिन सुवेदी, रेवीलाल गुरुङ,एजेन्सी म्यानेजर किसान गुरुङ, गोरखा उपशाखा इन्चार्ज भाईकाजी आलेको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार