free website hit counter

गृहमन्त्रीको सचिवालयका पौडेलको पुरानो मिति राखेर सरुवा

beemaadmin
२०८२ जेष्ठ १२, सोमबार

काठमाडौं । गृहमन्त्रीको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई भिजिट भिसा सेटिङको आरोपमा एनइओसीमा सरुवा गरिएको छ। अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई नियन्त्रणमा लिएपछि पौडेलको नाम पनि छानबिनमा आएको थियो। पौडेल यसअघि पनि नक्कली कागजात बनाएर मानिसहरूलाई विदेश पठाउने गिरोहमा संलग्न भएको आरोप लागेको थियो। काठमाडौँ । भिजिट भिसामा सेटिङको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र (एनइओसी) मा सरुवा गरिएको छ । गत जेठ ६ गते मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापा हानेर नियन्त्रणमा लिएको थियो । भिजिट भिसामा सेटिङका आधारमा अनैतिक काम गरेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा हान्दा शङ्का लागेपछि भट्टराईसँग सम्बन्धित डिभाइस अख्तियारले नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाएको छ । त्यो सेटिङमा मन्त्रीको सचिवालयमा कार्यरत शाखा अधिकृत पौडेलको पनि हात रहेको विषय बाहिर आएपछि उनलाई एनइओसीमा सरुवा गरिएको हो । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजाल स्तरीय निर्णयबाट पौडेलको सचिवालयबाट सरुवा गरिएको हो । उनलाई गत जेठ ४ गतेको मितिमा सरुवा गरिएको पत्र दिइएको कर्मचारी प्रशासन महाशाखा स्रोतले जानकारी दियो । तथापि उनको सरुवा भने शुक्रबार छलफल भएर आइतबार मात्रै गरिएको निकटस्थ स्रोत बताउँछ । भिजिट भिसा सेटिङ प्रकरणमा पौडेलको नाम पनि जोडिएपछि सरुवा गरिएको बताइएको छ । तर एनइओसीको वेभसाइटमा यो समाचार तयार पार्दासम्म पौडेल शाखा अधिकृत रहेको उल्लेख गरिएको छैन । पौडेल यसअघि आफै पनि नक्कली कागजात तयार पारेर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न भएको अभियोग खेपेका अधिकृत हुन् । नरवीर खड्कासहित पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु आचार्य, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोलाई नक्कली कागजात तयार पारेर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरिएको थियो । पछि पौडेलले अदालतबाट सफाइ पाएका थिए ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार