free website hit counter

गोर्खा सैनिक खडा भएपछि चिनियाँ सेना धारिलो हतियारसहित खडा

beemaadmin
२०७७ भाद्र २५, बिहीबार

काठमाडौं। दुई छिमेकीबीचको सीमा विवाद झन झन चर्किदै गएको छ । सीमा विवादलाई लिएर भारत र चीनबीचको तनाव उत्कर्षमा पुगेका बेला चिनियाँ पक्षको डरलाग्दो तस्वीर सार्वजनिक भएको छ। बीबीसीले सार्वजनिक गरेको उक्त तस्वीरमा चिनियाँ सेनाले हाटमा डण्डा लिएका छन् र उक्त डण्डाको माथिल्लो माथमा धारिलो हतियार देखिन्छ।

उक्त तस्वीर वास्तविक नियन्त्रण रेखा (एलएसी) को हो। त्यहाँ करिव २५ जना चिनियाँ सैनिक देख्न सकिन्छ। बीबीसीका अनुसार यो तस्वीर सात सेप्टेम्बर साँझको हो। चीन र भारतबीच सीमा विवाद बढ्दै गर्दा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतले करिव ३६ सय गोर्खा सैनिक खटाएको छ। युद्धको फ्रन्ट लाइनमा भारतले गोर्खा सैनिकलाई खटाएको समाचार सार्वजनिक भइरहेका बेला चिनियाँ पक्षको यस्तो तस्वीर सार्वजनिक भएको हो।

Advertisement
Advertisement

उक्त क्षेत्रमा दुवै पक्षले गोली चलाउन पाउँदैनन्। केही समय अघि भएको दुवै पक्षको ठेलाठेलमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चिनियाँ पक्षतर्फ भएको हातहातीको विवरण सार्वजनिक भएको छैन। अहिले फेरि दुई मुलुकबीच सीमा विवाद बढिरहेका बेला चिनियाँ पक्षले डण्डाको माथि धारिलो हतियार प्रयोग गरेको तस्वीर सार्वजनिक भएपछि त्यसको प्रत्यक्ष असर गोर्खा सैनिकलाई पर्ने देखिएको छ। बीबीसीमा जुगल पुरोहितले लेखे अनुसार यो तस्वीर पूर्वी लद्दाखमा रहेको मुखपरी नामक भारतीय सैनिक पोष्टको दक्षिणी क्षेत्रको हो। यो तस्वीर ८०० मिटरको दूरीबाट लिइएको हो।

Advertisement
Advertisement

जहाँ चिनियाँ सैनिक उभिएका छन्, त्यो ठाउँ वास्तविक नियन्त्रण रेखा (एलएसी) को भाग हो। भारतले चीनका सैनिक भारतीय सैनिक पोष्ट नजिक आउने प्रयास गरिरहेको जनाएको छ। त्यसपछि भारतले उनीहरुलाई चेतावनी दिएको थियो। भारतले फाइरिङ गर्ने चेतावनीसमेत दिएको थियो। चिनियाँ सैनिक अहिले पनि त्यो क्षेत्रमा रहेको तर उनीहरु भारतीय सैनिक पोष्ट भएतर्फ अगाडि नबढेको बीबीसीले जनाएको छ। हाल भारत चीन विवादित गलवान क्षेत्रमा अधिकांश नेपाली नागरिकहरु भर्ती भएका गोर्खा बटालियनलाई खटाइएको स्रोतले जनाएको छ। बटालियनहरुका मुख्य कमाण्डर भने भारतीयहरु नै छन्।

सम्बन्धित समाचार