free website hit counter

ग्रामीण विकास लघुवित्तको नाफा ११८ प्रतिशतले बढ्यो

beemaadmin
२०७८ कार्तिक २८, आईतवार

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११८.८४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ९७५.१० प्रतिशतले बढेर १३ करोड ५४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १ करोड २५ लाख रुपैयाँमा सीमित थियो। यो अवधिमा संस्थाले खुद ब्याज आम्दानी ३९.४३ प्रतिशतले बढाउन सफल भएको छ। गत वर्ष यही अवधिमा २१ करोड ६६ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर ३० करोड २० लाख रुपैयाँ पुगेको छ। संस्थाले ७ अर्ब २ करोड रुपैयाँ सापटी लिई १३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ६१ करोड सापटी लिई १० अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार ७२.९८ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ६३ करोड ९९ लाख रुपैयाँ थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३७.४८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात २६.८१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २१२.६८ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार