free website hit counter

ग्लोबलका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट

beemaadmin
२०७६ मंसिर २, सोमबार

काठमाडौं । बैंक तथा बित्तीय संस्थाहरु अहिले ग्राहकलाई विशेष प्याकेज ल्याउनमा व्यस्त छन् । यही सिलसिलामा कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिनेछ ।
सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एल इमामले हस्ताक्षर गरेका छन् । हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।

सम्बन्धित समाचार