free website hit counter

ग्लोबल आइएमईका ग्राहकलाई रुपाकोट रिसोर्टमा विशेष छुट

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । जनता बैंकसँगको मर्जरपछि देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई रुपाकोट रिसोर्टमा विशेष छूटको व्यवस्था मिलाएको छ । बैंक र रिर्सोटबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवर्धन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिसोर्टका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिसोर्टले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

सम्बन्धित समाचार