free website hit counter

ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले बढ्यो

beemaadmin
२०८१ कार्तिक ७, बुधबार

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको खुद नाफा २३.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो । बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ११ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.२२ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ६.०२ प्रतिशतले बढेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब १० करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङको आकार बढेर १ अर्ब ९१ करोड रुपैयाँबराबर पुगेको छ । बैंकको रिजर्भको आकार २४ अर्ब ८९ करोड रुपैयाँबराबर छ । इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ७ करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.६७ प्रतिशत रहेको छ । यस्तै बैंकको वितरणयोग्य मुनाफामा ४२.३४ प्रतिशतको गिरावट आएको छ । यो गिरावटसँगै बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोडमा खुम्चिएको छ । बैंकको लाभांश क्षमता भने ९.९६ प्रतिशतबाट बढेर १४.१८ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.७१ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३६.१६ र तरलता अनुपात ३४.६७ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार