free website hit counter

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १० प्रतिशत लाभांश

beemaadmin
२०८३ भाद्र १७, बुधबार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर रहेको छ।

Advertisement
Advertisement

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ। साधारणसभाबाट स्वीकृत भएपछि मात्रै शेयरधनीलाई उक्त लाभांश वितरण गरिने बैंकले जनाएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार