free website hit counter

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

beemaadmin
२०८१ बैशाख ६, बिहीबार

काठमाडौं । निरन्तर उकालो लागेर रेकर्ड कायम गरेको सुनको मूल्इ बिहीबार घटेको छ भने चाँदीको मूल्य बढेको छ । वैशाख ६ गते,बिहीबार सुन प्रतितोला ६०० रुपैयाँ घटेको छ भने चाँदी मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसदिन,चाँदीको भाउ भने बुधबार सस्तिएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले ओरालो लाग्दा एक हजार ७१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो भने चाँदीको मूल्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले नै बढेर एक हजार ७२५ रुपैयाँ किनबेच भएको छ । बुधबार एक हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार