free website hit counter

घर्ती परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ फाल्गुन २६, बिहीबार

काठमाण्डौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गरेका बीमितको असामयिक निधनपछि कम्पनीले बीमितका आश्रित परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले कावासोती ९ का स्वर्गिय प्रेमबहादुर घर्तिको परिवारजनलाई मृत्यु दाबीवापतको रकम हस्तान्तरण गरेको हो ।
स्वर्गिय घर्तिको श्रीमति शकुन्तलालाई बिमा दाबीवापतको रकमको चेक नवलपरासी कावासोती उपशाखा प्रमुख केशर बहादुर खत्री र कावासोती ९ नवलपुरका वडा अध्यक्ष नेत्र प्रसाद खतिवडाले संयुक्तरुपमा बीमितको घरमै हस्तान्तरण गर्नुभएको हो । मृत्यु दाबीवापत ३ लाख ४७ हजार दुई सय तीन रुपैयाँ भुक्तानी गरिएको हो । घर्तिको गत माघ १ गते असायमीक निधन भएको थियो ।

सम्बन्धित समाचार