free website hit counter

घाटा घटाउँदै चन्द्रागिरी

beemaadmin
२०७८ कार्तिक १२, शुक्रबार

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीको सञ्चालन मुनाफाबाट ९१ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ७८ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो। यो अवधिकामा कम्पनीले ८ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको सञ्चालान आम्दानी ४४ लाख २० हजार रुपैयाँमात्रै थियो।
कम्पनीको रिजर्भ ४३ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ २२ करोड ६८ लाख रुपैयाँले ऋणात्मक थियो।
चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २।५२ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ७१।८२ रुपैयाँ रहेको कम्पनीको चालु अनुपात २.५० गुणा रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार