free website hit counter

घुम्ती बीमा आजको आवश्यकता

beemaadmin
२०७९ जेष्ठ ७, शनिबार

जीवन बीमामा बजार बिस्तार गर्ने प्रमुख भूमिका अभिकर्ताको हुन्छ । बीमकको उत्पादनलाई शहर, गाउँ, कुना काप्चासम्म पहुँच पु¥याउने अभिकर्ता हुन भने अभिकर्ताले नै घुम्ति बीमाको रुप लिएको हुन्छ भने निर्जीवन बीमामा यस्तो बिरलै पाइन्छ । निर्जीवन बीमामा अभिकर्ताको आकर्षण निकै कम छ । बीमा कम्पनिका बजार व्यवस्थापकहरु आफै बजार खोज्दछन् र यस्तो क्षेत्र निश्चित र शहर केन्द्रित बढी हुन्छ । नेपालको अधिकांश क्षेत्र बीमाको पहुँच बाहिर छन् त्यसलाई बीमाको दायराभित्र ल्याउनलाई घुम्ति बीमा अपरीहार्य छ । घुम्ती बिमाबारे बीमा समितिबाट निर्देशिका समेत जारी भइसकेको छ । यसलाई सरोकारवालाहरुले कुनै न कुनै तरिकाले देका कुनाकुनामा गई साक्षात्कार जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर ग्राहकको प्रत्यक्ष सम्पर्कमा पुग्न सकेमा सबै वर्गको ग्राहक बीमा सेवाबाट लाभान्वित हुने निश्चित प्राय छ । यसले गर्दा घर, सम्पत्ति, कृषि तथा पशुपंक्षी, स्वास्थ्य लगायत विविध प्रकारको बीमाको दायरा फराकिलो हुने निश्चितप्राय छ । बीमक र बीमितको प्रत्यक्ष सम्पर्कले गर्दा विश्वासको वातावरण बढ्न गई चेतनाको विस्तार र बीमाको आवश्यकता ग्राहकले महसुस गर्नेछन् । जब आवश्यकता महसुस हुन्छ तब बजार विस्तार भई नै हाल्छ ।
उपरोक्त विविध कारणले गर्दा घुम्ती बिमा राज्यको आवश्यकता नै भइसकेको छ ।

बीमा सेवक

सम्बन्धित समाचार