free website hit counter

घुम्ती बीमा र अभिकर्ता तालिम सम्पन्न

beemaadmin
२०७८ चैत्र २७, आईतवार

रौतहट । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत १९ देखि २१ गतेसम्म चन्द्रपुर नगरपालिका १०, वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका १० का वडाध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्य तथा अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरीको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।
यसैबीच, अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत २२ देखि २४ गतेसम्म गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा २९ जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।

सम्बन्धित समाचार