free website hit counter

चार दिनदेखि आफ्नै मूल्यको रेकर्ड तोड्दै सुन

beemaadmin
२०८२ भाद्र १७, मंगलवार

काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार चौथो दिन किर्तिमानी उचाईमा पुग्ने क्रममाा आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँको रेकर्डतोड स्तरमा पुगेको थियो । यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४८५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार