free website hit counter

चार लाख पनि छैन भन्दै दीपेश जेल चलान

beemaadmin
२०८१ बैशाख ८, शनिबार

काठमाडौं । अदालतले तोकेको धरौटी बुझाउने पैसा छैन भन्दै नबुझाएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन कारागार चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीले माग गरेको चार लाख रुपैयाँ धरौटी नबुझाएपछि दीपेशलाई कारागार लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजित सिंह राठौरले बताए। शुक्रबार न्यायाधीश डा दीपक उप्रेतीको इजलासले दीपेशसँग ४ लाख र नविनसँग १० लाख रुपैयाँ धरौटी माग गरेको थियो। १० लाख रुपैयाँ धरौटी नबुझाएपछि नविनलाई पनि कारागार चलान गरिएको छ। बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पक्राउ परेका मध्ये अध्यक्ष ओम प्रकाश गुरुङलाई मात्रै थुनामा पठाउने आदेश भएको थियो। तर बाँकीले धरौटी बुझाएर छुटे पनि पूर्व उपराष्ट्रपतिका छोराले नै ४ लाख नबुझाएका हुन्। अदालतले दुर्गा चापागाईं पाण्डेसँग सबैभन्दा बढी १८ लाख धरौटी माग गरेको थियो। उनी भने धरौटी बुझाएर शुक्रबार नै रिहा भइसकेका छन्। दीपक न्यौपाने ४ लाख ४५ हजार, निता थापामगर २ लाख र रोशनी गुरुङ २ लाख धरौटी बुझाएर छुटेका छन्। सहकारी ठगीका नाइके जीबी भन्ने गितेन्द्र बाबुराईसहित फरार प्रतिवादीहरुको हकमा अदालतले ३५ दिने म्याद जारी गरेको छ। यो अवधिमा उनीहरु अदालतमा उपस्थित हुनु पर्ने छ। यदि अदालतमा उपस्थित नभएमा म्याद गुजारी बसेको ठहर गर्दै मुद्दाको फैसला प्रक्रिया अगाडि बढ्ने छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार