free website hit counter

चिनियाँ राष्ट्रपतिले दिए जोखिमको चेतावनी

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

एजेन्सी । कोरोनासँगको युद्धमा विजयी भएको भनिएको घोषणा गरिएका बेला चीनका राष्ट्रपति सी जिनपिङले चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएका छन् । बुधबार पोलिटब्यूरो स्थायी समितिको बैठकमा विश्व अर्थतन्त्रमा बढ्दै गरेको गिरावटका बीच अस्थिर र अनिश्चित कारकमा पनि वृद्धि भएको बताएका छन् ।
चीनमा अहिलेका लागि कोरोनाभाइरस नियन्त्रणमा रहेको जस्तो देखिन्छ । यहाँ नयाँ संक्रमित र मृतकको संख्या पनि कमै देखिएको छ । बुधबार कोरोनाभाइरसको वास्तविक केन्द्रबिन्दु ऊहानमा आधिकारिक रुपमा लकडाउन हटाइएको छ । सीले स्थानीय प्रशासनलाई विदेशबाट आएकाहरुप्रति विशेष निगरानी राख्न आग्रह गरेको सिन्ह्वाले बताएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार