बिराटनगर । भद्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको रिलायन्स टी इन्डस्ट्रिजमा आगलागी भएको छ । सो उद्योगको दाउरा गोदामबाट शुरु भएको आगालागीबाट लाखौंको क्षति भएको उद्योगका संचालक जेपी शर्माले बताउनुभयो । आगलागीका कारण उद्योगका केही संरचनामा क्षति पुगेको बताइएको छ । आगलागी नियन्त्रणमा लिन भद्रपुर, बिर्तामोड र मेचीनगरका बारुण यन्त्र प्रयोग गरिएको थियो । सो उद्योग झापामा बढी ट्याक्स तिर्ने उद्योगको रुपमा चिनिन्छ ।