free website hit counter

चिरख्वा हाइड्रोपावरको आईपीओ आवेदन खुल्यो

beemaadmin
२०८० आश्विन २३, मंगलवार

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज असोज २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ। कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ। लगानीकर्ताले यो आईपीओमा यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। चिरख्वा हाइड्रोपावरको आईपीओ निष्कासन बन्द छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार