free website hit counter

चीनमा न मृत्यु, न संक्रमण

beemaadmin
२०७६ चैत्र २९, शनिबार

एजेन्सी । कोरोना महामारीको उद्गम मानिएको चीन कोरोना युद्धमा विजयी भइसकेको छ । चीनमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । खुसीकै कुरा हो, यहाँ नयाँ संक्रमित पनि भेटिएका छैनन् । वर्ल्डोमिटरको पछिल्लो आँकडालाई केलाउँदा २४ घण्टाभित्र कसैको मृत्यु भएको छैन भने नयाँ संक्रमित पनि भेटिएका छैनन् ।
हालको समयमा यहाँ ८१ हजार ९ सय ९ जना कूल संक्रमित छन् जसमध्ये १ सय ४४ जनाको स्थिती चिन्ताजनक छ । यहाँ हालसम्म ३ हजार ३ सय ३६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यद्यपि, थुप्रै जानकारले चीनमा कोरोनाभाइरसको दोस्रो लहर भित्रिन सक्ने चेतावनी दिएका छन् । केही दिनअघि चीनका राष्ट्रपति सी जिनपिङले पनि यो खतरालाई मध्यनजर गर्दै आफ्ना देशवासीलाई सतर्क रहन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार