free website hit counter

चीनमा फेरि भेटियो ९९ कोरोना संक्रमित

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनले कोरोना उन्मुलन भएको घोषणा गरे पनि चीनमा कोरोना भाइरसका ९९ नयाँ संक्रमित फेला परेका छन् । यो पछिल्लो एक हप्तामा सबैभन्दा धेरै संख्या हो । स्वास्थ्य अधिकारीका अनुसार योसँगै चीनमा कोरोनाभाइरस संक्रमणका कूल ८२ हजार ५२ संक्रमित छन् ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म कोरोना संक्रमितमध्ये १२ सय ८० जना बाहिरबाट आएका थिए । यीमध्ये ४८१ संक्रमित निको भइसकेका छन् भने ७ सय ९९ को उपचार भइरहेको छ । यीमध्ये ३६ जनाको स्थिती गम्भीर छ । शनिबार भेटिएका ९९ नयाँ संक्रमितमधये ९७ जना विदेशबाट फर्किएका हुन् । चीनको ऊहानमा कोरोना संक्रमितमा कमी आएपछि यहाँ जारी लकडाउन खोलिएको थियो । तर अब बिस्तारै–बिस्तारै त्यहाँ नयाँ संक्रमित भेटिएपछि चिनियाँ अधिकारीको चिन्ता बढाएको छ । शनिबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले कोरोनालाई रोक्नका लागि मानिसहरुलाई भीडमा जम्मा नहुन र सुरक्षाका तरिकालाई अपनाइराख्न अपिल गरेका थिए ।

सम्बन्धित समाचार