free website hit counter

चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याएर खरिपाटीमा राख्ने तयारी

beemaadmin
२०७६ माघ २७, सोमबार

काठमाडौं । मीत्रराष्ट्र चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दारका लागि नेपाल एयरलाइन्सको वाइडबडी विमान फागुन ३ गते चीन जाने भएको छ । अध्ययनका लागि गएका नेपालीहरुले छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आए पनि उनीहरुलाई यहाँ राख्ने स्थानको उचित प्रबन्ध नभएका कारण सरकारले अलिहेसम्म ल्याउन निर्णय गर्न सकेको थिएन । भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा उनीलाई राख्ने निर्णयसँगै सरकारले नेपाली विदार्थीको उदारका लागि चीन जाने निर्णय गरेको हो ।

परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् । कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।

भक्तपुर खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा उनीहरुलाई राख्ने निर्णय सरकाले गरे स्थानीय सबै राजनीतिक दलको विरोध जारी रहेको छ ।

सम्बन्धित समाचार