free website hit counter

चुक्ता पुँजी वृद्धिको समय बढाउँदै बीमा समिति

beemaadmin
२०७९ जेष्ठ १०, मंगलवार

काठमाडौं । वैकल्पिक मार्गहरुलाई बन्द गरेर नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई थोरै समयभित्र चुक्ता पुँजी वृद्धि गर्न दिएको दबावबाट पछि हट्न लागेको छ । बीमा समितिले आगामी चैत्र महिनाभित्रमा चुक्ता पुँजि बृद्धि गर्नु पर्ने आदेशपछि केही बीमा कम्पनी मर्जरका लागि तयार छन् भने केही कम्पनी चुक्ता पुँजी वृद्धिको बाटो खोज्दैछन् । यही बेला नियामक निकाय बीमा समितिले केही राहत दिने भएको छ । बीमा समितिले तोकिएको समयमा चुक्ता पुँजि बृद्धि गर्न नसक्ने कम्पनीहरुका लागि म्याद थप गर्ने भएको छ । समितिले थप ६ महिना या एक वर्ष म्याद गर्ने विषयमा छलफल थालेको छ । बीमा समितिले सबै बीमा कम्पनीलाई चैतभित्र चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । बीमा समितिले हाल नेपालमा सञ्चालित १८ वटा निर्जिवन र १८ वटा जीवन बीमा कम्पनीहरुलाई वैकल्पिक बाटाहरु बन्द गरेर चुक्ता पुँजी वृद्धिको योजना ल्याएको छ ।

सम्बन्धित समाचार