free website hit counter

चुनावको मुखमा नयाँ बीमा कम्पनीको लाइसेन्स बाँड्ने तयारी

beemaadmin
२०७८ फाल्गुन १४, शनिबार

काठमाडौं । भएका कम्पनीले व्यापार विस्तार गर्दा नै चाहिने भन्दा बढी बीमा कम्पनी सञ्चालनमा आइसकेको बेला फेरि दुई दर्जन बढी बीमा कम्पनीले लाइसेन्स माग्दै नियामक निकाय बीमा समितिको ढोका ढकढक्याएका छन् । जीवन बीमा, निर्जीवन बीमा र लघु बीमा गरी विभिन्न बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन थपिने क्रम बढेको छ । यसअघि १८ वटा कम्पनीले आवेदन दर्ता गराएकोमा पछिल्लो समय थप सात वटा कम्पनीले पनि आवेदन दर्ता गराएका छन् ।

बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन बढेको बेलामा सरकारमा बसेका राजनीतिक दलहरुले चुनाव खर्चका लागि पनि आसन्न चुनाव अगाडि उनीहरुलाई लाइसेन्स वितरणको चलखेल बढेको बताइन्छ ।
समितिमा पछिल्लो समयमा दर्ता भएका सात वटा आवेदनमा तीन वटा निर्जीवन बीमा कम्पनीको लागि, एउटा जीवन बीमा कम्पनीको लागि र तीन वटा लघुबीमा कम्पनीको लागि रहेको बताइन्छ । हाल संचालनमा रहेका ठूला घरानाकै मिलेमतोमा नयाँ बीमा कम्पनीका लागि पहल भइरहेको बताइन्छ । यता सञ्चालनमा रहेका बीमा कम्पनीहरुले भने एकातिर मर्जरको कुरा गर्ने अर्कोतिर नयाँ कम्पनीलाई लाइसेन्स दिने कुरामा चित्त बुझाएका छैनन् ।

सम्बन्धित समाचार