free website hit counter

चौथो दिन पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०७९ माघ २, सोमबार

काठमाडौं । सुनको मूल्य निरन्तर चौथो दिन उकालो लागेको छ। गत साताको बिहीबारदेखि उकालो लागेको सुनको मूल्यले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ रहेको छ। सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। आइतबार १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार