free website hit counter

छाति दुख्ने अनेक छन् कारणा

beemaadmin
२०८० बैशाख ९, शनिबार
  1. छाति दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाई मुटुको समस्या छ भने चाडैनै डाक्टरलाइ देखाई हाल्नु पर्छ । र अझ ह्दयाघातको कारणले छाती दुखेको भए, १ मिनेट पनि समय खेर नफाली अस्पताल गैहाल्नु पर्छ ।

छाति दुख्नुको कारणहरु

हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई अंगहरुको कारणले हो वा होइन भनी सोच्नुपर्छ । छातीको बनावटमा हड्डी, मांशपेशी, नशा र छालाको पनि भूमिका भएकाले यी अंगहरुको समस्या भएर पनि छाती दुख्न सक्छ । धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांसपेशीसँग नै सम्बन्धित हुन्छन् । ओ।पि।डीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरुमा यी कारणहरु नै प्रमुख भएका तथ्य हाम्रो अध्ययन र अनुभवले देखाएको छ । तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ । अर्थात इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरुमा ह्दयघातको कारणले छाती दुखेको हो वा होइन भनि निश्चित गर्नुपर्छ ।

छाती दुख्ने कारण कसरी थाहा पाउने 

फोक्सोको कारणले छाती दुख्दास् लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर९दायाँरबाँया० करङ्गमा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि यस्तो हुनसक्छ ।

माँसपेशी वा हड्डीको कारणले छाती दुख्दास् छातीको दायाँ भाग, पछाडी वा छेउतिर करङ्गमा दुख्यो भने मांसपेशी वा हड्डीको कारणले हुनसक्छ । यो भागमा दुखेमा मुटुको कारणले हुने संभावना कम हुन्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाईको तिब्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ ।

मुटुको कारणले छाती दुख्दास् छातीको बिच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाईको तिब्रता कम वा बढी हुनसक्छ । दुखाई सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुने जस्ता लक्षणहरु भएमा ह्दयघातको संभावना बढी हुन्छ । ह्दयघातबाट छातीको दुखाई देब्रे हात, घाँटी वा पीठ्युमा पनि सर्न सक्छ ।

छाती दुखेमा के गर्ने ?

१. ह्दयघात जस्तो लक्षण छ भने तुरुन्तै अस्पतालको इमर्जेन्सीमा पुगेर इ।सि।जी। गर्ने।

२. ह्दयाघात जस्तो लक्षण छैन तर पनि दुखाई लगातार भइरहेको छ भने चाँडै चिकित्सकको परामर्श लिने।

३. दुखाई मुटु रोगसँग मिल्दैन र धेरै अप्ठ्यारो पनि भएको छैन भने योजना बनाएर सुविधा अनुसार मुटुरोग विशेषज्ञसँग जँचाउने।

४. जोखिम उच्च भएका बिरामीलाई जस्तो किसिमको छाती दुखाई भएपनि मुटुरोग विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ।

 

डा. ओम मूर्ति अनिल

सम्बन्धित समाचार