free website hit counter

छिछि मुर्दाघरमा यौनधन्दा

beemaadmin
२०७७ चैत्र ८, आईतवार

एजेन्सी । हाम्रा व्यस्त सडक रत्नपार्क, सुन्धारा, बीर अस्पताल आसपास खुलेआम यौनधन्दा चलिरहेको कुरा अनौठो भएन । तर अस्पतालको मुर्दाघरमा यौन धन्दा चलाइयो भनेको सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । यौनका भोकाहरुले यो ठाउँलाई पनि शरीरको भोक बनाउने अड्डा बनाए । पछिल्लो समय अस्पतालको मुर्दाघरमा भेटिएका जोडीहरुको तस्वीर बाहिरिएको छ ।

भारतको मध्य प्रदेशको इन्दौरमा महाहराजा यशवंतराज अस्पतालका केही फोटो बाहिरिएका छन् । फोटोमा केही युवा र युवतीहरु आधा अधुरा कपडामा देखिएका छन् । यो दृश्य अस्पतालको मुर्दाघरको भएको बताइएको छ । यो मुर्दाघरको ठेक्का एक निजी अस्पताललाई दिइएको छ । फोटो सार्वजनिक गर्नेहरुका अनुसार यो कम्पनीका कर्मचारीले नै बिगत ४ दिनदेखि यहाँ युवतहिरु लिएर आइरहेका छन् । अस्पतालका कर्मचारीलाई यसको जानकारी दिइएको थियो तर अस्पताल व्यवस्थापन अन्जान छ ।

केही समयअघि यो मुर्दाघरमा एक वृद्धको शव १५८ दिनसम्म त्यत्तिकै रहेको थियो । त्यसपछि यसको रेखदेखको जिम्मा निजी कम्पनीलाई दिइएको थियो । मंगलबार राती केही व्यक्तिहरु लाश लिएर मुर्दाघर पुग्दा कोठामा युवतीहरु देखेर चकित परे । उनीहरुसँग केही युवकहरु पनि थिए । उनीहरुसँग सोध्दा उनीहरुले कडा रुपमा आफ्नो लाश राखेर जाउ भनेका थिए ।

त्यसपछि शव लिएर आएकाहरुले त्यहाँका केही फोटो खिचे । यो देखेपछि भने मुर्दाघरका कर्मचारी युवतीहरुलाई लिएर बाहिर आए । फोटो सार्वजनिक भएपछि फोटोमा देखिएका २ कर्मचारीमाथि कारवाही गरिएको छ । अस्पतालका अधीक्षक पीएस ठाकुरका अनुसार दुई कर्मचारीलाई बर्खास्त गरिएको छ र कम्पनीलाई नोटिस पठाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार