अवस्था सहज हुन्थ्यो भने बलिउड नायक ऋषि कपुर लाखौं बलिउडका फ्यानले अन्तिम बिदाई गर्ने थिए । तर लकडाउनकै बीचमा निधन भएका बलिउडाका दुई हस्तीलाई २०÷२५ जनाले मात्रै अन्तिम बिदाई गरेका छन् । एक दिनअघि बलिउडले अभिनेता इरफान खानलाई बिदाई गरेको थियो । भोलिपल्ट ऋषि कपुरको अन्तिम बिदाई भयो । दिवंगत ऋषि कपुरको मुम्बइको चन्दनवाडीमा अन्तिम संकार गरियो । अन्तिम संकार अगाडि उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर अस्पतालबाट चन्दनवाडी पुर्याइएको थियो । उनको अन्तिम संकारमा २४ जनामात्र उपस्थित थिए । उनकी श्रीमती नीतु, छोरा रणवीरका साथमा नायक सैफअली खान, नायिका करिना कपुर, नायक अभिषेक बच्चन लगायत अन्तिम संकारमा उपस्थित थिए ।
उनको अन्तिम संकारमा छोरी रिद्दिमा भने उपस्थित हुन सकिनन् । उनी, दिल्लीमा रहेका कारण बुबाको अन्तिम बिदाईमा समेत उपस्थित हुन सकिनन् । ऋषिको विद्युतीय शवदाह गृहमा अन्तिम संकार गरिएको हो ।