free website hit counter

छ महिनामा कोरोनाको खोप तयार पार्ने विज्ञको दाबी

beemaadmin
२०७६ चैत्र २९, शनिबार

एजेन्सी । कोरोना आतंकले सारा विश्व आतंकित र त्रसित भइरहेको बेला वैज्ञानिकहरुले आशाको दियो देखाएका छन् । कोरोना भाइरसविरुद्धको खोप आगामी सेप्टेम्बर महिनासम्म तयार हुने विज्ञहरुले दाबी गरेका छन् । बेलायतमा यस कार्यमा जुटिरहेका वैज्ञानिकहरुको टोलीको नेतृत्व गरिरहेकी एक वैज्ञानिकले यस्तो दाबी गरेकी हुन् । अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिनोलोजीकी प्राध्यापक साराह गिल्बर्टले शनिबार ‘द टाइम्स’सँग कुराकानी गर्दै खोपले काम गर्ने र आगामी सेप्टेम्बर महिनासम्म यो तयार हुनेमा आफूहरु ८० प्रतिशत विश्वस्त रहेको बताएकी हुन् । विज्ञहरुले कोरोनाभाइर सविरुद्धको खोप तयार हुन कम्तिमा १२ देखि १८ महिना लाग्ने बताइरहँदा उनले सो दाबी गरेकी हुन् । ‘अक्सफोर्डको टोलीका लागि यो मात्र अनुमान होइन, किनभने हामी हरेक दिन थप तथ्यांकहरु अध्ययन गर्न पाइरहेका छौँ,’ लण्डनको पत्रिकालाई उनले बताइन् । विश्वभर गिल्बर्टको टोलीसहित दर्जनौँ वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसविरुद्धको खोप बनाउन जुटेका छन् । बेलायतमा उनको टोली सबैभन्दा अग्रस्थानमा रहेको छ । बेलायतमा लकडाउन चौथो हप्तामा प्रवेश गर्दै गर्दा प्रतिबन्धका उपायहरु हटाउन र समान्य जीवनमा फर्कन भ्याक्सिन आधारभूत आवश्यकता बन्न सक्छ । गिलबर्टले आगामी दुई हप्तामा मानिसमाथि खोपको परीक्षण सुरु गरिने पनि जानकारी दिइन् ।
विश्वभर कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख पुग्दै गर्दा उनको यो भनाइ आएको हो । शुक्रबार, बेलायतमा मात्र ९८० जनाले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म ८ हजार ९५८ जनाले ज्यान गुमाइसकेका छन् । ठूलो मात्रामा खोपको उत्पादन गर्न भने समय लाग्न सक्छ । त्यही भएर गिल्बर्टले अन्तिम नतिजा आउनभन्दा अघि नै उत्पादनका लागि स्रोत परिचालन गर्न छलफल गरिरहेको पनि बताइन् । यसरी आम जनताले अन्तिम नतिजा आउना साथ खोप प्राप्त गर्न सक्नेछन् । सबै कुरा ठीक तरिकाले अघि बढ्यो भने यो सम्भव रहेको गिल्बर्टले बताइन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार