free website hit counter

छ हजारले गरे ईपीएस कोरियन भाषाको परीक्षा उत्तीर्ण

beemaadmin
२०८० चैत्र २९, बिहीबार

काठमाडौं । ईपीएस कोरियन भाषाको नतिजा सार्वजनिक भएको छ । ईपीएस एचआरडी कोरिया शाखाले २०८० को फागुन ७ गतेदेखि चैत २४ गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएका थिए । जसमध्ये ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्। अब पहिलो चरणको परीक्षा उत्तीर्ण गरेकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्नेछ । ईपीएस कोरिया शाखाका अनुसार स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने भएको छ। परीक्षामा सहभागी हुन परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा ल्यानुपर्ने छ। त्यसैगरी, नयाँ परीक्षार्थीहरूको दोस्रो चरणमा २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म परीक्षा गरिने भएको छ। उक्त परीक्षामा ७९ हजार ९३७ जना सहभागी हुने बताइएको छ। यसकासाथै तेस्रो चरणको परीक्षा २०८१ कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म चल्नेछ। सो परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन्। ईपीएस मार्फत कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्नका लागि १ लाख ६३ हजार ६३५ जना नेपालीले आवेदन फारम भरेका छन्। कोरियाले कुल १५ हजार ४४८ जनालाई उत्पादनमूलक क्षेत्रमा लैजाने बताएको थियो ।

सम्बन्धित समाचार