free website hit counter

जनता एग्रोले एक अर्बको आईपीओ जारी गर्ने

beemaadmin
२०८२ बैशाख १४, आईतवार

काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारणको लागि एक अर्ब बराबरको शेयर जारी गर्ने भएको छ । विसं २०८२ भित्रै प्राथमिक शेयर (आईपीओ) निस्कासन गर्ने तयारी गरिरहेको यो कम्पनीको कुल ३ अर्ब चुक्ता पूँजीमध्ये २ अर्ब संस्थापकहरुबाट र १ अर्ब सर्वसाधारणबाट जुटाउने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । कृषि क्षेत्रबाट शेयर बजारमा यस अघि मुक्तिनाथ कृषि कम्पनी सूचीकृत भइसकेको छ भने श्रीनगर एग्रो प्राली पनि सूचीकरणको क्रममा रहेको छ । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड नेपालका चर्चित व्यवसायीहरुले स्थापना गरेको कम्पनी हो । करिब ६ सय जना संस्थापक रहेको कम्पनीको अध्यक्ष पवन गोल्यान रहेका छन् । त्यस्तै उपाध्यक्षहरुमा नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ र प्याप्सनका पूर्व अध्यक्ष भोजबहादुर शाह छन् । शाह कम्पनीको कार्यकारी निर्देशक पनि हुन् । कम्पनीका अन्य संचालकहरुमा तत्कालिन जनता बैंकको अध्यक्ष केशवबहादुर रायमाझी, नेफस्कुनका पूर्व अध्यक्ष परितोष पौडेल, वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, चर्चित प्रांगारिक कृषक प्रेम लामा र मोटिभेसनल स्पिकर नरबहादुर कार्की रहेका छन् । कम्पनीले स्थानीय तहसँग मिलेर कृषि उत्पादनको बजारीकरण गर्ने मुख्य उद्देश्य राखेको कम्पनीका संचालकहरु बताउँछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार