free website hit counter

जनता र ग्लोबलको एकीकृत कारोबार हुँदै

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

अर्थबीमा समाचारदाता

काठमाडौं । मुलुकमा दुई ठूला बैंकहरु ग्लोबल आईएमई र जनता बैंकले करिब तीन हजार २५५ भन्दा बढी कर्मचारीबाट देशैभर बैकिङ्ग सेवा दिने बाटो खुलेको छ । राष्ट्र बैंकबाट मर्जरमा जान अन्तिम स्विकृती पाएसँगै बैंकको संयुक्त मर्जर कमिटीले आगामी मङ्सिर २० गतेदेखि एकीकृत कारोबार तयारी गरेको बताइएको छ ।

गत असार २० गते मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो भने मङ्सिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गर्दै एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएकोमा त्यहाँबाट स्वीकृति प्राप्त गरे पश्चात् मर्जर प्रकृया टुङ्गोमा पुगेको हो ।

दुई बैंकको गरी अबको चुक्ता पुँजी १९ अर्ब रुपियाँ रहने सो बैंकको मुलुकभर करिब २० लाख ग्राहक रहेको दावी गरिएको छ । अधिल्लो आर्थिक बर्षको मुनाफाबाट ग्लोबलले सेयरधनीका लागि २५ प्रतिशत र जनता बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको छ ।

अब बैंकको कुल निक्षेपको दुई खर्ब १० अर्ब, कर्जा लगानी दुई खर्ब पुग्ने भएको छ । मुलुकभर ३०० को हाराहारीमा शाखा कार्यलय मार्फत सेवा दिने भए पश्चात अब अन्य बैंकहरुलाई पनि ठूलो आकार बनाएर बैकिङ्ग सेवा उपलब्ध गराउने दवाव सिर्जना भएको छ । यसै क्रममा नेपाल बैंक र नबिल बैंकको मर्जको हल्ला पनि बजारमा चल्न थालेको छ ।

सम्बन्धित समाचार