free website hit counter

जनरल इन्स्योरेन्सले दियो ५० अभिकर्तालाई तालिम

beemaadmin
२०७८ मंसिर ७, मंगलवार

काठमाडौं । निर्जिवन बीमा व्यवसायमा आफ्नो गौरवमय उपस्थिति जनाएको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न गरेको छ । निर्जीवन बीमा अभिकर्ताको व्यवसाय बृद्धि तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यले यस कम्पनीले बीमा अभिकर्ताको आधारभूत भर्चुअल तालिम संचालन गरेको थियो ।
भर्चुअल माध्यम मार्फत कार्तिक २८ आईतबारबाट सुरु भएको आधारभूत तालिम कार्तिक ३० मंगलबारसम्म संचालन भएको थियो । उक्त तालिममा ५० जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो । तालिममा निर्जीवन बीमाको महत्व, प्रकार सिद्धान्त,बीमाको इतिहास, त्यसैगरी बीमा अभिकर्ताको आचारसंहिता फाईदा सेवा सुविधाको बारेमा प्रशिक्षण, बीमा ऐन साथै बीमा समितिले तोकिए बमोजिका नीति तथा कार्यक्रमको बारेमा अभिकर्तालाई जानकारी गराईएको थियो ।

सम्बन्धित समाचार