free website hit counter

जहाँ राष्ट्रपतिले नै किन गरे यस्तो हर्कत

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

एजेन्सी । विश्वभर कोरोनोको आतंक छ । ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । यहाँ २० हजार बढी संक्रमित भेटिएका छन् । ब्राजिलका अधिकारीले यो संख्या निकै धेरै हुनसक्ने चेतावनी दिएका छन् किनभने अहिलेसम्म यहाँ अस्पताल पुगेकाहरुको मात्रै परीक्षण भइरहेको उनीहरुले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार यो महामारीको वास्तविक प्रकोप यो महिनाको अन्त्यमा देखिनेछ । ब्राजिलका धेरैजसो राज्यले क्वारेन्टाइनजस्ता उपाय लागू गरेको छ तर देशका राष्ट्रपति जेयर बोल्सोनारोले यस्ता प्रतिबन्धले अर्थव्यवस्थामा क्षती हुने भन्दै यसको विरोध गरिरहेका छन् ।
उनले व्यवसाय खोल्नका लागि केन्द्रलाई एउटा आदेश जारी गर्न पनि धम्की दिएका छन् । सामाजिक दुरी कायम गर्ने आफ्नै सरकारको सिफारिसलाई वाहियात बताउँदै दक्षिणपन्थी नेता आफै गुड फ्राइडेको छुट्टीको दिन राजधानी ब्रासीलियाको सडकमा निस्किए र मानिसहरुसँग भेटघाट गर्न थाले ।
एउटा पसलमा उनले आफ्ना समर्थकसँग तस्बिर पनि खिचे । तर त्यहाँका केही रुष्ट मानिसहरुले थाली ठटाएर आफ्नो असहमति जताए भने कतिले चिच्याउँदै भने, गो होम । एकपटक उनले हातले नाक पुछेपछि एक वृद्ध महिलासँग हात मिलाएका थिए । यो कुराको लागि उनको विशेष आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार