free website hit counter

जागरुक जनता विकासको आधार

beemaadmin
२०८० असार २, शनिबार
  • विक्रान्त पाण्डे

विकासको मुख्य आधार भनेकै जागरुक जनता हुन् । आज भएका विश्वव्यापी विकासहरु मानव जाति जागरुक भएकै कारण सम्भव भएको हो । हाम्रो देशमा पनि विस्तार जनतामा चेतना बढ्दैछ । अझै जनता जाग्न बाँकी नै छ । बेथिति र विकृतिका विरुद्ध जनता जागे भने शासकहरु आफ्नो अनुशासनमा बस्न बाध्य हुन्छन् ।
विकसित राष्ट्रका जनता आफ्ना हक र अधिकारको बारेमा ज्यादै जागरुक छन् । यसमा शिक्षा र ज्ञानको ठूलो भूमिका रहेको छ । हाम्रो मुलुकमा आफ्नो मौलिक हक र अधिकारको बारेमा अनविज्ञ छन् । आम सर्वसाधारण नागरिकलाई ज्ञान दिने काम भएको छैन । शिक्षित र सुसूचित गर्ने कार्यमा कमी भएको छ । यस्तो परिस्थितिमा बीमा जागरुकताको पनि ठूलो भूमिका रहन सक्छ । आम नागरिकलाई आर्थिक रुपले सुरक्षित गर्नु, संरक्षण गर्नु राष्ट्रको प्रमुख दायित्व हो । नागरिक पूर्ण रुपमा जागरुक हुँदा मात्र विकास सम्भव भएकाले जागरुक जनता निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो ।

सम्बन्धित समाचार