free website hit counter

जाडोमा नुहाउने तिसो कि तातो पानीले ?

beemaadmin
२०८० पुष १६, सोमबार

जाडो मौसम भन्ने बित्तिकै सरसफाई र नुहाईधुवाई गर्न सबैलाई गाह्रो हुन्छ । सबैको ध्येय चिसोबाट कसरी बच्ने भन्ने हुन्छ, हरेक प्रकारले कसरी आफ्नो शरीरलाई तातो बनाउने भन्ने विषय महत्वपूर्ण हुन्छ। तातो खाना, सुप, न्यानो कपडा र नुहाउनको लागी पनि तातो पानीको प्रयोग गरिन्छ। जाडोमा हरेक जीवनलाई न्यानोको आवस्यकता पर्छ। तर जाडोमा तातो पानीले नुहाउनु शरीरको लागी कति लाभदायी छ भन्ने विषयमा सबैलाई राम्रो जानकारी नहुन सक्छ । यहाँ जाडाको समयमा तातो पानीले स्नान गर्दा हाम्रो शरीरलाइ कस्तो असर हुन्छ, के कति फाइदा हुन्छ भन्ने बिषयमा छोटो चर्चा गरिएको छ ।

तातो पानीले गर्छ छालामा असरः

Advertisement
Advertisement

चिसोमा तातो पानीले नुहाउनु राम्रो हो तर यसले नोक्सान पनि पुर्‍याउन सक्छ। तातो पानीले शरीरलाई शान्त पारी तनाव हटाउने काम गर्छ। तर अत्यधिक तातो पानीको प्रयोगले छाला जल्ने र सुख्खा हुने गर्दछ।

Advertisement
Advertisement

तातो पानीको धेरै प्रयोग गर्नाले सुन्दरतामा हानी पुर्‍याउने गर्छ। यसले छालाको विभिन्न समस्या निम्त्याई नकारात्मक असर पार्दछ। अत्यधिक तातो पानीले नुहाउनाले शरीरको माथिको भागमा रहेको ओयल लेयर हट्दै जान्छ। ओयल लेयरले शरीरको सुन्दरता सन्तुलन र व्यवस्थापनमा मद्दत गर्छ।

मनतातो पानी उययुक्तः

अत्यधिक तातो पानी नभई मन तातो पानीको प्रयोग गर्नु धेरै फाइदा हुन्छ। तातो पानी बिना नुहाउने बानी नभएको व्यक्तिले भने समयको ख्याल राख्दा बढी राम्रो हुन्छ। लामो समयपछि तातो पानीमा खेल्नु स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना हुन्छ। लामो समयको थकान हटाउनका लागि भने तातो पानी आरामदायी हुन्छ। शरीरको जोर्नी र रगत संचालनमा मद्दत पुर्‍याउछ।

विरामीको प्रकार अनुसार तातो – चिसो राम्रोः

जाडोमा चिसो पानीले नुहाउनु शरीरको लागि धेरै राम्रो हुँदैन्। धेरैलाई छिट्टै रुघा खोकीको समस्याले सताउन सक्छ। चिसो पानीले शरीरमा उर्जा थप्ने काम गर्छ। चिसो पानीले छालाको सुन्दरतालाई सदाबहार राख्न मद्दत गर्दछ। छाला विशेषज्ञका अनुसार सुख्खा छाला छिटो चाउरी पर्छ। सुख्खा छालाबाट बच्नको लागि सकेसम्म तातो पानीको प्रयोग नगर्न चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

युरिक एसिडका बिरामीलाई चिसो पानीले नुहाउनु धेरै राम्रो हुन्छ। चिसो पानीले युरिक एसिड कम गर्न मद्धत गर्छ र एन्टिअक्सिडेन्टको मात्रा पनि बढ्दछ। चिसो पानीले ब्यस्त जीवनशैलीमा थप उर्जा थप्ने काम गर्छ। तातो पानीको तुलनामा चिसो पानीले अझै फुर्तिलो र ताजा महसुस गराउँछ।

अन्त्यमा,

यसका साथै चिसो मौसममा आफै छाला रुखो र सुख्खा हुन्छ। त्यसमा तातो पानीको प्रयोग गर्दा अझै सुखा हुने सम्भावना हुन्छ। चिसो पानीको प्रयोगले छालाको र्पोस बन्द राखी नरम र मुलायम बनाउँछ।

— एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार