free website hit counter

जापानी भाषा परिक्षाको फर्म खुल्यो

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । नेपाली युवाहरुको रोजाईमा परेको जापानी भाषा परीक्षा जेएलपिटीको फर्म खुलेको छ । आगामी जुलाई ५ मा संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपिटीको आवेदनफर्म मार्च ५ देखि खुलेको हो । परीक्षाको शुल्क अब खल्तीवालेट प्रयोग गरी अनलाईन मार्फत नै तिर्न सकिने भएको छ । खल्तीले जापान भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपालसँग सहकार्य गरी परीक्षाको शुल्क अनलाईनमार्फत तिर्ने सुविधा ल्याएको हो । लेभल ‘एनवान’ देखि ‘एन फाइभ्’ सम्मका फर्ममध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षा शुल्क तीन हजार रुपैयाँ लाग्ने छ । उच्च शिक्षाका लागि जापान जाने सबै विद्यार्थीले जापानी भाषा परीक्षामा सामेल भई उत्तीर्ण हुनु अनिवार्य हुन्छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्पन हुँदा परीक्षार्थी जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टान)को कार्यालय भृकुटीमण्डप नै पुगेर घन्टौँ लाईन बसि शुल्क तिर्ने झन्झट हटेको छ । परीक्षार्थीले अनलाईन फर्म गरिसकेपछी शुल्क भुक्तानी गर्ने ठाउँ देख्ने छन् जहाँ आफ्नो खल्ती आइडी दाखिला गरी केहि सेकेन्ड मै शुल्क भुक्तानी गर्ने व्यवस्था लागु भएको छ । यसबाट परीक्षार्थीहरु लाभान्वित हुने खल्ती का निर्देशक अमित अग्रवालको बुझाइ छ । जापानी भाषाको परीक्षा जेएलपिटीको आवेदनफर्म jlpt.org.np मार्फत भर्न सकिनेछ ।

सम्बन्धित समाचार