free website hit counter

जीबी राई मलेसियामै रहेको प्रहरीको निश्कर्ष

beemaadmin
२०८० चैत्र १४, बुधबार

काठमाडौं । मिडिया व्यवसायी जिबी राईको बेइमानीले अहिले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठिरहेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीमा भएको ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता नदेखिएको जवाफ प्रहरी महानिरीक्षक वसन्त कुँवरले दिएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूलाई जवाफ दिँदै महानिरीक्षक कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेको नाम आए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन्। कुँवरले सहकरी प्रकरणको मुख्य नाइकेमा जीबी राई नै रहेको आफूहरुको पनि बुझाइ रहेको बताए। उनले हाल मलेसियामा रहेको सूचना आएकाले स्वदेश ल्याउने प्रयासमा लागिरहेको कुवँरले बताए। उनले जीबी राई मलेसियामै रहेको निष्कर्ष सुनाए। ‘मलेसियामा जीबी राई छन भन्ने हामी भन्छौँ। यो फाइनान्सियल इस्यु भएका कारण अहिले त्यहाँ समकक्षी र एम्बेसीबाट पनि प्रयास भइरहेको छ, उनले भने, ‘रवि लामिछानेको नाम आएको छ, यसमा उहाँको कुनै संलग्नता देखिएको छैन।

सम्बन्धित समाचार