free website hit counter

जीवन बिमालेख परिपक्व भएको १५ दिनभित्र भुक्तानी दिनुपर्ने

beemaadmin
२०८१ असार १७, सोमबार

काठमाडौं । अब जीवन बिमा गर्ने बिमितले बिमा परिपक्व भएको १५ दिनभित्र भुक्तानी पाउने भएका छन्। नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन २०८१ जारी गर्दैै भुक्तानीलाई छरितो बनाएको हो। यसअनुसार जीवन बिमा कम्पनीहरुले बिमा परिपक्व भएपछि बिमितले बिमालेख तथा परिचया खुल्ने कागजात लिई भुक्तानी माग्न आएमा विलम्ब नगरी भुक्तानी गर्नपर्नेछ। बिमितले कागजातसहित निवेदन दिएको सात दिनभित्र भुक्तानी दिनुपर्नेछ। मार्गदर्शनले दाबी भुक्तानीलाई छरितो तथा प्रभावकारी बनाउन जीवन बिमा कम्पनीले भुक्तानी उपसमिति गठन गर्नुपर्नेछ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार