free website hit counter

जीवन बीमक संघको अध्यक्षमा पौडेल

beemaadmin
२०७९ मंसिर १०, शनिबार

काठमाडौं । जीवन बीमक संघको नयाँ कार्यसमिति गठन भएको छ । आज शुक्रबार बसेको साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो । सभाले सिटिजन लाइफका सिइओ पोषक राज पौडेललाई संघको नयाँ अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यसमिति गठन भएको हो । यस्तै उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्सका सिइओ प्रवीण रमण पराजुली, महासचिवमा ज्योती लाइफका सिइओ प्रकाश विक्रम खत्री, कोषध्यक्षमा एशियन लाइफका सिइओ दिनेश लाल श्रेष्ठ रहेका छन् । संघको कार्य समिति सदस्यहरूमा एलआईसी नेपालका एलपि दास, रिलायबल नेपाल लाइफका नारायण बाबु लोहनी‌, आइएमई लाइफका कवि फुयाल रहेका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार