free website hit counter

जीवन विकास लघुवित्तको नाफा घट्यो

beemaadmin
२०७९ कार्तिक २५, शुक्रबार

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.४० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २०.९३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १५ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १२ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ। पहिलो त्रैमासमा संस्थाले ४० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३८ करोड ३४ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी भने ५.९४ प्रतिशतले उकालो लागेको छ।
चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार १२.६७ प्रतिशतले बढेर १ अर्ब ६८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४९ करोड रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा संस्थाले १० अर्ब ६ करोड रुपैयाँ सापटी लिई २४ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १० अर्ब ७१ करोड रुपैयाँ सापटी लिई २१ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर १.१२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ०।६८ प्रतिशत थियो। वार्षिकीकृत संस्थाको ईपीएस ५७.१० रुपैयाँ, पीई रेसियो ४३.८२ गुणा र प्रतिसेयर नेटवर्थ २८३.९२ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार