free website hit counter

जोखिम न्युनिकरणका फाइदा

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार
  • विक्रान्त पाण्डे

आर्थिक जोखिमको वैज्ञानिक हस्तान्तरण भनेकै बीमा हो । जोखिम बढ्नु बीमाका लागि लाभदायक होइन, तसर्थ सम्पूर्ण बीमा कम्पनीहरुले ग्रहण गरेको जोखिमलाई न्युनिकरण गर्ने कार्यम लाग्नु पर्ने समय आइसकेको छ ।
जीवन होस् या निर्जिवन जोखिम जताततै छ, जसरी औषत मृत्युदर घट्नु र औषत आयु बढ्नु जीवन बीमाको हकमा जोखिम न्युनिकरण हो भने दुर्घटना कम हुनु निर्जिवन बीमाको हकमा जोखिम न्युनिकरण हो ।
जोखिम न्युनिकरणको धेरै उपायहरु संसारभर अवलम्बन भइरहेका छन् । हाम्रो जस्तो मुलुक जहाँ दुर्घटना नै कारणले हजारौं मानिसले ज्यान गुमाइरहेका छन् भने धनको क्षति त्यत्तिकै मात्रामा भइरहेको छ । कमजोर संरचनाको कारणले भूकम्पमा ठूलो जनधनको क्षति भइरहेको छ भने अव्यवस्थित आवासका कारण बाढी पहिरोको कारण पनि उत्तिकै मात्रा जनधनको क्षति भइरहेको छ । जोखिपूर्ण सडक र सवारी साधनको लापरबाहील सडक यातायात झन् डरलाग्दो भएको छ ।

जोखिम न्युनिकरणका फाइदा
१. अकाल मृत्युमा कमी
२. आर्थिक क्षति वा आर्थिक क्षयमा कमी
३. दुर्घटनामा कमी
४. क्षतिपूर्तिमा कमी
५. हानी नोक्सानीमा कमी
६. दाबी भुक्तानीमा कामी
७. बीमा शुल्कमा कमी
जोखिम न्युनिकरणका उपाय प्रयोग र फाइदाका बारेमा सचेतना फैलाउन जरुरी छ ।

सम्बन्धित समाचार