free website hit counter

जोखिम न्युनिकरण

beemaadmin
२०८० चैत्र ६, मंगलवार
  • विक्रान्त पाण्डे

आर्थिक जोखिमको वैज्ञानिक हस्तान्तरण भनेकै बीमा हो । जोखिम बढ्नु बीमाका लागि लाभदायक होइन, तसर्थ सम्पूर्ण बीमा कम्पनीहरुले ग्रहण गरेको जोखिमलाई न्युनिकरण गर्ने कार्यम लाग्नु पर्ने समय आइसकेको छ ।
जीवन होस् या निर्जिवन जोखिम जताततै छ, जसरी औषत मृत्युदर घट्नु र औषत आयु बढ्नु जीवन बीमाको हकमा जोखिम न्युनिकरण हो भने दुर्घटना कम हुनु निर्जिवन बीमाको हकमा जोखिम न्युनिकरण हो ।
जोखिम न्युनिकरणको धेरै उपायहरु संसारभर अवलम्बन भइरहेका छन् । हाम्रो जस्तो मुलुक जहाँ दुर्घटना नै कारणले हजारौं मानिसले ज्यान गुमाइरहेका छन् भने धनको क्षति त्यत्तिकै मात्रामा भइरहेको छ । कमजोर संरचनाको कारणले भूकम्पमा ठूलो जनधनको क्षति भइरहेको छ भने अव्यवस्थित आवासका कारण बाढी पहिरोको कारण पनि उत्तिकै मात्रा जनधनको क्षति भइरहेको छ । जोखिपूर्ण सडक र सवारी साधनको लापरबाहील सडक यातायात झन् डरलाग्दो भएको छ ।

सम्बन्धित समाचार