free website hit counter

ज्ञवाली बन्दैछन् प्रहरी प्रमुख

beemaadmin
२०७६ माघ २६, आईतवार

काठमाडौं । बुधबारबाट रिक्त हुने प्रहरी महानिरीक्षक पदका लागि सरकारले अहिलेसम्म नियुक्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन । अवकाशको एक महिना अगाडि नै नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्नेमा अहिलेसम्म सरकारले कसलाई बनाउने भन्ने निर्णय गर्न सकेको छैन । सोमबार बस्ने मन्त्रिपरिष्दको बैठकले प्रहरी महानिरीक्षकको नियुक्ति गर्ने अनुमान गरिएको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अवकाश २९ गते हुनु पूर्व नै प्रहरी प्रधान कार्यालयले भने नयाँ महानिरीक्षक १ गते बहालीको अवसरमा देशभरका प्रहरी कार्यालयहरुमा कार्यक्रम गर्न कार्यतालिका नै पठाइसकेको छ । स्रोतकाअनुसार सरकारले प्रहरी महानिरीक्षकमा डिआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने बताइएको छ । उनी पनि सेवा अवधिका कारण पाँच महिनामात्रै महानिरीक्षकमा रहने छन् । खनालसँगै उनको समूहका अतिरिक्त महानिरीक्षकहरु अवकाश पाउने भएका कारण महानिरीक्षकको नियुक्तिसँगै रिक्त एआईजी नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइनेछ ।

सम्बन्धित समाचार