free website hit counter

ज्योति र सूर्या लाइफले मर्जर प्रक्रिया स्वीकृत गर्ने

beemaadmin
२०७९ कार्तिक १७, बिहीबार

काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृतिका लागि ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारणसभा आयोजना गर्ने भएका छन्। दुवै कम्पनीको सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन कात्तिक २८ गते आयोजना गर्ने निर्णय गरेको हो। ज्योति लाइफको सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट र सूर्या लाइफको विराटनगरस्थित होटेल हैरियन प्यालेसमा बिहान ९ बजेबाट हुनेछ। दुवै सभाले ज्योति लाइफ र सूर्या लाइफ आपसमा गाभ्ने गाभिनेसम्बन्धी प्रस्तावत पारित गर्नेछ। मर्जरपछि कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले सेयर अनुपात १००ः८२.४५ पनि पारित गर्नेछ। जसअनुसार सूर्या लाइफको १ कित्ता सेयरबराबर ज्योति लाइफको ०।८२४५ कित्ता सेयर कायम हुनेछ।
सभाले मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतापत्र तथा गाभ्ने गाभिने सम्बन्धमा भए गरेका अन्य सम्पूर्ण कामकारबाही पनि स्वीकृत गर्नेछ। मर्जर प्रयोजनका लागि दुवै कम्पनीको सेयर दाखिल खारेज तथा कारोबार गत असार १३ गतेदेखि रोक्का रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार