free website hit counter

ज्योति लाइफको लाभांश परिमार्जन

beemaadmin
२०७८ माघ १०, सोमबार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको बोनस सेयरसहित नगद लाभांशको परिमाण परिमार्जन गरेको हो । योसँगै अब कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोबापत लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
यसअघि कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, बीमा समितिले उक्त लाभांश परिमार्जन गर्न निर्देशन दिएसँगै कम्पनीले नगदलाई भन्दा बोनस सेयरलाई प्राथमिकता दिँदै लाभांश परिमार्जन गरेको हो । परिमार्जित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ । चार वर्षअघि जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले पहिलो पटक लाभांश घोषणा वितरण गर्न लागेको हो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार