free website hit counter

ज्योति लाइफद्वारा मर्जर प्रस्ताव पारित

beemaadmin
२०७९ कार्तिक २९, मंगलवार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गराउन सफल ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरामा सम्पन्न सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ। सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि गरेको छ । त्यसैगरी सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आथिर्क वर्ष २०७७–७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ । बाह्य लेखापरिक्षक नियुक्ति र नीजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरिक्षक नै नियुक्तिका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।
सभाले सूर्या लाइफसँग मर्जर पश्चात् कम्पनीको नयाँ नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स बनाउने प्रस्ताव पनि पारित गरेको छ। त्यस्तै, मर्जर कार्यसँग सम्बन्धित प्रचलित कानुन, नियम, निर्देशिकाहरु बमोजिम अपनाउनुपर्ने तथा गनुपर्ने सम्पूर्ण कार्यहरु वा प्रकृयामा पुरा गरि अन्तिम स्वीकृति लिने सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ । मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाशविक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवनकुमार खड्का वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार